देउवा, प्रचण्ड र नेपालबीच छलफल : एमसीसी र चुनावको मितिबारे कुराकानी

 माघ १९, २०७८ बुधबार १३:३७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार झन्डै एक घण्टा कुराकानी भएको छलफलमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता छिटो संसदबाट पारित गर्ने विषयमा प्रचण्ड र नेपाललाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । जवाफमा प्रचण्ड र नेपालले एमसीसी सम्झौतामा रहेका केही विषयमा प्रष्ट पारेर मात्रै पारित गर्नुपर्ने अडान दोहोर्‍याउनुभएकाे मन्त्री कार्कीले जानकारी दिनुभयो ।

यस्तै देउवाले हिजो मङ्गलवार निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर स्थानीय तह चुनावको मिति तोक्नेबारे भएको छलफलका बारेमा पनि जानकारी गराउनुभएको थियो । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया