शेयर बजार ५३ अङ्कले बढ्यो, २ बजेपछि तीव्र गतिमा उकालो

 फागुन ३, २०७८ मंगलबार १५:२०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५३ अङ्कभन्दा धेरैले बढेको छ । हिजो साेमवा सामान्य बढेको नेप्से आज ५३ दशमलव तीन अङ्कले बढेर दुई हजार सात सय ५४ दशमलव २८ विन्दुमा पुगेको छ । 

आज सबै समूहको शेयर बढेर हरियो भएकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । 

बजार खुलेदेखि दिउँसो २ बजेसम्म सामान्य घटबढ भएको नेप्से २ बजेपछि तीव्र गतिमा उकालो लाग्न थालेको थियो । २ बजे दुई हजार सात सय आठ विन्दुमा रहेको नेप्से तीन बजे दुई हजार सात सय ५३ विन्दुमा पुगेर बन्द भएको छ । 

आज दुई सय २४ कम्पनीका ६३ लाख ४३ हजार कित्ता शेयर तीन अर्ब २३ करोड ३३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २२ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

आज न्यादी हाइड्रोको शेयर १० प्रतिशत तथा तेह्रथुम पावर कम्पनीको शेयर झन्डै नौ अङ्कले बढेको छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया