'बी' डिभिजन लिग : श्री कुमारी र नयाँ बस्तीले बराबरी खेले, खुमलटार युथ र चर्च ब्वाइज विजयी भए

 फागुन १९, २०७८ बिहिबार २०:३२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीवार श्री कुमारी र नयाँ बस्तीले दुई–दुई गोलको बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल बराबरीमा सकिएसँगै आफ्नो पहिलो खेलमा नयाँ बस्ती र श्री कुमारीले एक–एक अङ्क जोडेका छन् ।

यस्तै अर्को खेलमा खुमलटार युथ क्लबले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई तीन–एक गोल अन्तरले हराउँदै सुखद सुरुवात गरेको छ । जितसँगै खुमलटारले पहिलो खेलमै तीन अङ्क जोडेको छ । 

आजै भएको खेलमा चर्च ब्वाइजले टुसाल युथ क्लबलाई पाँच–दुई गोल अन्तरले हराएको छ । चर्च ब्वाइजको जितमा आशिष चापागाईंले ह्याट्रिक गरे । जितसँगै चर्च ब्वाइजले तीन अङ्क जोडेको छ । 

१४ वटा क्लब सहभागी प्रतियोगिताको शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेशनमा पर्दै 'सी' लिगमा घटुवा हुने छन् । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया