निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

तालमेलको मापदण्ड बनाउन सत्ता गठबन्धनको बैठक पनि बस्दै

 चैत २२, २०७८ मंगलबार ८:३८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनाव बारे निर्वाचन आयोगले आज राजनीतिक दलहरुसँग छलफल गर्दै छ । बिहान साढे ११ बजे दलका प्रतिनिधिसँग छलफल गर्न लागेको आयोगले जनाएको छ ।

स्थानीय चुनावमा भाग लिने दललाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । छलफलमा चुनावको तयारी र आचारसंहिता बारे कुराकानी हुनेछ । आउँदो स्थानीय तहको चुनावमा सत्ता गठबन्धनले तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् भने प्रमुख प्रतिपक्षी दल एमालेले पनि तालमेलको तयारी गरेको छ । एमालेले चुनावी तालमेलका लागि कमल थापा र राजेन्द्र लिङदेन नेतृत्वको दुवै राप्रपासँग संवाद अगाडि बढाएको छ । कतिपय वार्तामा अध्यक्ष केपी शर्मा ओली आफैँ सहभागी हुनुहुन्छ भने कतिपय वार्तामा उहाँले निकट नेतालाई खटाउनु भएको छ ।

स्थानीय चुनावमा एक्लै लड्ने केन्द्रीय नीति भए पनि एमाले केन्द्रीय कमिटी बैठकले जिल्लामा भने तालमेल गर्न सकिने स्पष्ट पारिसकेको छ । यसैबीच, स्थानीय तहको चुनावमा तालमेलमा जाने नीतिगत निर्णय लिएको पाँचदलीय गठबन्धनले आजदेखि तालमेलको मापदण्डबारे छलफल गर्दैछ । मापदण्ड बनाउने बारे छलफल गर्न बिहान ९ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ ।

बैठकमा स्थानीयस्तरबाट आएका रिपोर्टिङमाथि प्रारम्भिक छलफल हुनेछ । सत्ता गठबन्धनमा रहेका दल र एमाले तथा अन्य प्रतिस्पर्धी पार्टीले गएको स्थानीय तह चुनावमा प्राप्त गरेको मतको अवस्था, वर्तमान सांगठनिक स्थिति आदिबारे तथ्यांक विश्लेषण गरी प्रतिवेदन बनाउने गठबन्धनको तयारी छ । 
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया