पोखरा महानगरपालिकामा एमालेको उम्मेदवार छान्न चुनाव

 वैशाख २, २०७९ शुक्रबार ११:३०:२३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेदवार छान्नका लागि नेकपा एमालेले आज मतदान गर्दैछ ।

एमालेको पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाउन नसकेपछि मतदान पक्रिया अगाडि बढेको हो । मेयर पदमा १२ जना र उपमेयर पदमा ११ जनाले उम्मेदवारी दिएका छन् ।

तीमध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम जिल्ला कमिटी हुँदै केन्द्रमा सिफारिस हुनेछ । एमालेको पोखरा महानगर कमिटीले आज दिउँसो १२ बजेदेखि १ बजेसम्म मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

मेयरमा प्रदेश सभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारी, प्रा.डा. विश्वकल्याण पराजुली, भीम कार्की, रश्मी आचार्य, पुष्पज्योति ढुङ्गाना, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालकृष्ण काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी र दर्शन लामा छन् ।

त्यसैगरी उपमेयरमा शुष्मा पौडेल, शोभामोहन पौडेल, वामदेव ढुङ्गाना, टीकाराम पङ्गेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्री उम्मेदवार छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया