पोखराकाे मेयरमा दुई जना स्वतन्त्र उम्मेदवारकाे उम्मेदवारी दर्ता

 बैशाख ११, २०७९ आइतबार १३:१२:१४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरामा महानगरपालिकाको नयाँ नेतृत्व लिन दुई जनाले उम्मेदवारी दिएका छन् । अटेरी अभियान चलाइ रहेका स्वतन्त्र उम्मेदवार गणेश पौडेल र अर्का स्वतन्त्र उम्मेदवार विमल बहादुर कार्कीले पोखरा महानगर मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएकाे हाे । 

उनीहरु दुवै पोखरा १४ का बासिन्दा हुन् । उनीहरुले आज मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । गणेश पौडेलको समर्थक सरोज जीसी र प्रस्तावकमा अप्सरा अधिकारी हुनुहुन्छ । त्यसैगरी विमलबहादुर कार्की प्रस्तावकमा फणिन्द्र कार्की र समर्थकमा खिमबहादुर घर्ती हुनुहुन्छ ।

त्यसैगरी पोखरा महानगरपालिका २६ को वडा अध्यक्षमा नारायणप्रसाद आचार्य, पोखरा ३ को वडा अध्यक्षका लागि महेष उदास र पोखरा ३० वडा अध्यक्षमा अनिष गुरुङले स्वतन्त्र उम्मेदवारी दिनुभएकाे छ । 

उम्मेदवारी दर्तापछि मेयरका उम्मेदवार गणेश पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगरकाे मेयर पदमा उम्मेदवारी दिएको बताउनुभयाे । पालिकामा दलीयभन्दा पनि स्वतन्त्र उम्मेदवारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेदवारी दर्ता गराएको उहाँले बताउनु भयाे । 

उम्मेदवारहरुकाे नाम टुङ्गो नलागेपछि ठूला राजनीतिक दलहरुले भने भोलि मात्रै उम्मेदवारी दर्ता गराउने भएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया