पोखरा महानगरमा कांग्रेस नेता विमलबहादुर कार्कीको बागी उम्मेदवारी

 वैशाख ११, २०७९ आइतबार १३:४८:५६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरा महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ ।

गठबन्धनको विरोध गर्दै कांग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएकाे छ । पार्टी नेतृत्वले रुखमा छाप लगाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै कार्कीले उम्मेदवारी दिएकाे बताउनुभयाे ।

‘पार्टीले सिन्डिकेट लागू गर्यो । हामी कांग्रेसी हौँ । हामीले कसलाई भोट हाल्ने ? गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हाल भन्छन्, चितवनमा हँसिया हथौडामा भोट हाल भन्छन् । अहिले कलममा भोट हाल भनेका छन् । अब हामीले रुखमा भोट हाल्दा पनि कारबाही भोग्नुपर्ने ?’ कार्कीले पार्टीभित्र विद्रोहका लागि अघि बढेको बताउनु भयाे । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया