युक्रेनसँगको युद्धका क्रममा १० लाखभन्दा धेरै मानिसको उद्धार गरेको रुसको दाबी

 वैशाख १७, २०७९ शनिबार १३:३३:२३ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

युक्रेनसँगको युद्धका क्रममा १० लाखभन्दा धेरै मानिसको उद्धार गरेको रुसले दाबी गरेको छ । रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले गएको फेब्रुअरी २४ यता युक्रेनबाट १० लाख मानिसलाई उद्धार गरिएको दाबी गर्नुभएको हो ।

रुसले युक्रेनी नागरिकलाई इच्छाविपरीत सीमापारि लगिरहेको युक्रेनको आरोप छ । चिनियाँ सरकारी सञ्चार माध्यमसँगको अन्तर्वार्तामा विदेशमन्त्री लाभ्रोभले उद्धार गरिएकामध्ये एक लाख २० हजार विदेशी नागरिक रहेको बताउनुभएको छ । उहाँले युक्रेनसँगको द्वन्द्वको समाधान वार्ता मार्फत् खोज्ने प्रयासमा पश्चिमी सैन्य गठबन्धन नेटो बाधक रहेको आरोप पनि लगाउनुभएको छ । तर युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि अझै पनि तयार रहेको प्रतिक्रिया दिनुभएको छ । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया