पाँच उपमहानगरको नतिजा सार्वजनिक : ६ वटामा मतगणना चल्दै
जेठ ७, २०७९ शनिबार
काठमाण्डौ – यतिबेला देशैभर पालिका तहको मतदान भइरहेको छ । भोट हाल्नको लागि मतदाता आ-आफ्नो मतदान केन्द्रमा पुगेका छन् ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म ३५ प्रतिशतभन्दा बढी मतदान भैसकेको छ । कोही भोट हाल्न जाँदै छन् भने कोही फर्किरहेका छन् । चुनावमा भोट हाल्न धेरै जना गाउँघर फर्किएकाले काठमाण्डौ छोडेपछि यहाँका सडक पनि सुनसान भएका छन् । बिहान सफा रहेको आकाश अहिले धुम्म छ । केही ठाउँमा पानी पर्न थालेको छ ।