सप्तरीको डाक्नेश्वरीमा मतदान स्थगित गरेर अर्को मिति तोक्ने तयारी

 वैशाख ३०, २०७९ शुक्रबार १५:२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ मा रहेको हरिरवा जनता मावि मतदान स्थलमा आजको मतदान स्थगित गर्ने तयारी भएको छ । 

हरिरवा जनता माविमा मतदान अधिकृतमाथि कुटपिट हुनुका साथै मतपेटिका तोडफोड भएपछि आजका लागि स्थगित गर्ने तयारी भएको छ । सप्तरीका जिल्ला निर्वाचन अधिकृत रमेशकुमार जोशीले मतपेटिका तोडफोड र कागजात च्यातिएकाले आज फेरि मतदान सुरु गर्ने सम्भावना नरहेको जानकारी दिनुभयो । अहिले सर्वदलीय छलफल भइरहेको र अर्को मिति तोक्ने विषयमा छलफल भइरहेको जोशीले बताउनुभयो । हरिरवा मावि मतदान स्थलमा फेरि सुरुदेखि नै मतदान गर्नुपर्ने अवस्था रहेको छ । 

दलका कार्यकर्ताको कुटपिटबाट घाइते मतदान अधिकृत विपीन यादवलाई उपचारका लागि एम्बुलेन्सबाट राजविराज पठाइएको डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिनुभयो । एक जना मतदाताले आफूले मतपत्रमा चिह्न लगाउन नजान्ने भन्दै मतदान अधिकृतसँग सहयोग मागेका र ती व्यक्तिले मतदान अधिकृतले मतपत्रमा अर्कै चिह्न लगाइदिएको भन्दै विवाद गरेपछि अवस्था तनावपूर्ण बनेको उहाँले बताउनुभयो ।

दुई हजारभन्दा धेरै मत खसिसकेको अवस्थामा केही व्यक्तिले तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेका थिए । ती व्यक्तिहरूले मतदान स्थलका कागजातहरूसमेत च्यातेका छन् । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया