केन्द्र कब्जा गरिएका भन्दै ती ठाउँमा फेरि मतदान गराउन ओलीको माग

 बैशाख ३०, २०७९ शुक्रबार २२:४८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र चुनावविरुद्ध भएका घटनाको विरोध गर्नुभएको छ । अध्यक्ष ओलीले आज एक विज्ञप्ति जारी गरी यस्तो बताउनुभएको हो ।

उहाँले स्वच्छ चुनाव विपरीतका घटना भएका, मतदान केन्द्रको अनाधिकृत कब्जा गरिएका र भय–त्रास सिर्जना गरी मतदातालाई आतङ्कित पारिएका ठाउँमा फेरि मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरीसमेत गरिएको उहाँले जानकारी दिनुभएको छ ।

यसैबीच ओलीले लाखौँ नयाँ मतदाता र एक सय १३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसहित उत्साहका साथ मतदानमा भाग लिने मतदातालाई धन्यवाद दिनुभएको छ । 

उहाँले भयरहित वातावरणमा स्वच्छ निर्वाचनका लागि पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक र अधिकतम सकारात्मक भूमिका निर्वाह भएको जिकिर गर्नुभएको छ । 

उहाँले अप्ठ्याराका बाबजुद चुनावलाई सम्पन्न गर्न निष्पक्ष भूमिका खेल्ने निर्वाचन आयोगद्वारा परिचालित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया