७७  केन्द्रमा मतदान स्थगित

 बैशाख ३१, २०७९ शनिबार ६:५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिजो भएको पालिका चुनाव अन्तर्गत ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

निर्वाचन आयोगले  राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएको हो ।

स्थगित भएका केन्द्रमा छिटै फेरि मतदान हुने गरी मिति तोकिने आयोगले जनाएको छ । आयोगका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित भएको छैन। गएराति १० बजेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६४ प्रतिशत मतदान भएको पनि आयोगले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया