दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट चार जना घाइते

 बैशाख ३१, २०७९ शनिबार १०:१३:१८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट चार जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–४ गणेशचोकमा गएराति दुई समूहबीच भएको झगडामा खुकुरी प्रहार हुँदा चार जना गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

घाइतेलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके रेफर गरिएको छ । गाउँमा भएको पूजामा जम्मा भएका युवाहरुबीच झगडा भएको थियो । खुकुरी प्रहार गर्ने समूहका एक जना पक्राउ परेका र अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया