काठमाण्डौ महानगरको मतगणना सुरु

 बैशाख ३१, २०७९ शनिबार १०:१७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डौ महानगरको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा आज बिहान पौने ९ बजेदेखि मतगणना सुरु भएको हो ।

काठमाण्डौ महानगरपालिकाको वडा नम्बर–१ नक्सालको मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । तीन लाखभन्दा धेरै मतदाता रहेको महानगरमा हिजो भएको मतदानमा एक लाख ८९ हजार मत खसेको थियो ।

काठमाण्डौ महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन शाहलगायत उम्मेदवार रहेका छन्। सभागृहमा मतगणना भएकाले पद्मोदय मोडबाट सभागृह जाने गाडीलाई शङ्करदेव, पुतली सडक र भद्रकालीबाट डाइभर्सन गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया