दाङको घोराही उपमहानगरपालिकामा मतगणना सुरु

 बैशाख ३१, २०७९ शनिबार १०:२७:५७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराही उपमहानगरपालिकामा मतगणना सुरु भएको छ ।

१९ वटा वडा रहेको घोराही उपमहानगरपालिकामा १४ र १९ नम्बर वडाको मतगणना केहीबेर अघिदेखि सुरु भएको हाे ।

हिजो भएको मतदानमा ७६ हजार ५ सय २१ मत खसेको थियो 

दाङकै तुलसीपुर उपमहानगरपालिकामा भने जेठ ३ गतेदेखि मात्रै मतगणना गरिने छ । वडा नं १७ का अध्यक्ष पदका उम्मेदवार लवरु चौधरीको निधन भएपछि यस वडाको चुनाव ३ गतेका लागि सारिएको छ ।

दाङको लमही नगरपालिकासहित अन्य आठ पालिकाको मतगणना पनि सुरु भएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • Manoj chaudhary

    May 14, 2022, 7:56 p.m.

    very Good

  •  0 Reply

तपाईको प्रतिक्रिया