मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा एमाले विजयी

 बैशाख ३१, २०७९ शनिबार ११:१२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घलेले ८६१ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार छिरिङ ओङमा गुरुङले ७१३ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी हुनुभएको छ ।

अन्तिम अपडेट: जेठ १, २०७९

तपाईको प्रतिक्रिया