८ वटा पालिकाको नतिजा सार्वजनिक : एमालेको ४, कांग्रेसको २

 बैशाख ३१, २०७९ शनिबार ११:२९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिलेसम्म आठ वटा  पालिकाको नतिजा सार्वजनिक भएको छ ।

निर्विरोध भएकासहित ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको हो । अहिलेसम्मको नतिजाअनुसार अध्यक्षमा एमालेले चार तथा कांग्रेस र एकीकृत समाजवादीले दुई/दुई ठाउँमा जित हासिल गरेका छन् । 

एमाले :
मनाङको मनाङ डिस्याङ गाउँपालिका
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस :
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी :
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)    
डोल्पाको छार्का ताङसोङ गाउँपालिका (निर्विरोध)

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया