मतगणना भइरहेका धेरै पालिकामा कांग्रेसको अग्रता

 बैशाख ३१, २०७९ शनिबार ११:४०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिजो भएको पालिका चुनाव अन्तर्गत धेरै ठाउँमा अहिले मतगणना भइरहेको छ ।

काठमाण्डौ महानगरमा केहीबेर अघिदेखि मतगणना सुरु भएको छ । अरु महानगरपालिकामा मतगणना सुरु गर्ने तयारी छ ।

बुटवल, नेपालगञ्ज, घोराही, जितपुर सिमरा, हेटौँडा, जनकपुरधाम लगायतका उपमहानगरसहित अरु धेरै पालिकामा मतगणना भइरहेको छ । मतगणना भइरहेकामध्ये ४० भन्दा बढी पालिकामा कांग्रेसले अग्रता लिएको छ । एमालेले ३० वटाभन्दा बढी, माओवादी केन्द्रले १२ वटाभन्दा बढी र एकीकृत समाजवादीले १ पालिकामा अग्रता लिएको छ ।

अहिलेसम्म ८ वटा पालिकाको नतिजा सार्वजनिक हुँदा प्रमुखमा एमालेले ४ तथा कांग्रेस र एकीकृत समाजवादीले २/२ ठाउँमा जित हासिल गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया