ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका बालेन शाहकाे अग्रता कायमै छ । काठमाण्डाै महानगरकाे मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेकाे छ ।
अहिलेसम्म ९ सय ३२ मत गन्दा बालेन शाहले २ सय ९८ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका केशव स्थापितले २ सय ७८ मतसहित पछ्याइ रहनुभएकाे छ ।
गठबन्धनतर्फ नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ सय ६८ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ४७, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ४१ र विवकेशील साझाकी उम्मेदवार समीक्षा बास्काेटाले २ मत प्राप्त गर्नुभएकाे छ ।
यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ४ सय ९० मत प्राप्त गर्दै अघि रहनुभएकाे छ । गठबन्धनतर्फ एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ६६, राप्रपाकी विनिता मगैयाले ८० मत प्राप्त गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।