सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकाको मतगणना अझै शुरु हुन सकेन

 बैशाख ३१, २०७९ शनिबार १८:५२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकाको मतगणना अझै शुरु हुन सकेको छैन ।

मेलम्चीको ज्यामिरे केन्द्रमा धाँधली भएको आरोप लगाउँदै एमालेले मतगणना शुरु गर्न मानेको छैन । एमालेका प्रतिनिधिहरुले मतदान सकिएको मुचुल्कामा हस्ताक्षर समेत गरेका छैनन् । काँग्रेसले तत्काल मतगणना शुरु गर्न माग गरिरहेको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकामा भने गुन्सा केन्द्रमा एमालेले चुनावमा धाँधली गरेको भन्दै माओवादीले पुनः चुनाव गर्न माग गरेको छ । दुवै पालिकामा समस्याको समाधानको लागि छलफल भइरहेको निर्वाचन अधिकृतहरुले बताएका छन् । 

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया