अर्थमन्त्रीलाई राजीनामा दिन दबाब बढ्दै गर्दा मन्त्रालय बचाउमा

 जेठ ३१, २०७९ मंगलबार ८:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बजेटको गोपनीयता भङ्ग गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन दबाब बढ्न थालेपछि अर्थ मन्त्रालयले उहाँको बचाउ गरेको छ ।

बजेट घोषणा हुनु अघिल्लो रात अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वका दर हेरफेर गरेको खबर सार्वजनिक भएपछि अर्थमन्त्रीको आलोचना भइरहेको छ । यस विषयमा सदनमासमेत कुरा उठेको छ ।

प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री शर्माको राजीनामा माग गर्नुभएको छ । अर्थमन्त्रालयका प्रवक्ता तथा सहसचिव भुपाल बरालले भने अर्थमन्त्रीमाथि लागेको आरोपको खण्डन गर्दै बजेट निर्माणको बेला विज्ञ भन्दै बाहिरको व्यक्ति मन्त्रालयमा प्रवेश गरेको विषयमा सत्यता नभएको दाबी गर्नुभएको छ ।

प्रवक्ता बरालले विज्ञप्ति निकालेर अर्थमन्त्रीविरुद्ध भ्रम पैदा गरेको दाबी गर्नुभएको छ । बजेट निर्माणमा अर्थमन्त्रीसहित मन्त्रालयको टिम लागेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया