दार्चुलामा बाढी र पहिरोका कारण ४ जना सम्पर्कविहीन, ११ वटा घर बगे

 भदौ २५, २०७९ शनिबार ९:२१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

दार्चुला – दार्चुलामा लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण चार जना सम्पर्कविहीन भएका छन् भने एक जना घाइते भएका छन् ।

दार्चुलाको नौगाड गाउँपालिकामा पहिरो गएको र महाकाली नगरपालिकामा आएको बाढीका कारण चार जना सम्पर्कविहीन भएका र एक जना घाइते भएका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमती साउदले जानकारी दिनुभयो । घाइते एक जनाको उपचार भइरहेको छ । बाढीले अहिलेसम्म ११ वटा घर बगाएको उहाँले बताउनुभयो । अहिले सम्पर्कविहीन भएकाको खोजी र उद्धारको काम भइरहेको उहाँले बताउनुभयो ।

यस्तै बाढीले खलङ्गाको दशरथनगर आधारभूत विद्यालय बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुङ्गे पुल र मोटरबेल पुल लास्कु खोलाले बगाएको छ । बाढी, पहिराेका कारण दार्चुला–तिङ्कर सडक पनि बन्द भएको छ । दार्चुला–तिङ्कर सडकमा पार्किङमा राखिएका चार वटा जीप महाकाली नदीले बगाएको छ । बाढीले महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुगेकाे छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया