निर्वाचन आयोगले आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दै

 भदौ २९, २०७९ बुधबार ९:०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दैछ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावबारे केन्द्रित रहेर समसामयिक विषयमा छलफल गर्न प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाइएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले जानकारी दिनुभयो । निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको आचारसंहितालाई लिएर प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

आजको बैठकमा यसबारे पनि छलफल केन्द्रित हुनेछ । आयोगले दिउँसो १२ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो । प्रकाशित निर्वाचन आचारसंहितामा कुनै पनि मन्त्री र जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भइ खटिन नपाउने व्यवस्था उल्लेख छ । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव आउन अब ६७ दिन बाँकी छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया