काठमाण्डौ महानगरमा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु

 भदौ ३१, २०७९ शुक्रबार ८:१०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - काठमाण्डाै महानगरपालिकाले डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाहले डेङ्गी भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताउनु भएको छ ।

साथै सङ्क्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर नि:शुल्क एम्बुलेन्स सेवा समेत लिन सकिने उहाँले बताउनु भएको छ । यसैबीच, डेङ्गी तीव्र रुपमा फैलिएपछि काठमाण्डौको बुढानीलकण्ठ नगरपालिकाले आउँदो असोज ३ गते परेको संविधान दिवसको अवसर  पारेर ‘स्टप डेङ्गी’ अभियान सञ्चालन गर्ने भएको छ ।

टोल सुधार समिति र महिला समूहको सक्रियतामा ‘स्टप डेङ्गी’/‘लामखुट्टे भगाऔँ, डेङ्गु हटाऔंँ’ अभियान सञ्चालन गर्न लागेकाले सबैलाई सहभागी हुन महानगरपालिकाले अनुरोध पनि गरेको छ । काठमाण्डौ उपत्यकासहित देशभर डेङ्गीको सङ्क्रमण फैलिएको छ । अझै दुई महिना डेङ्गीको उच्च जोखिम रहेकाले लामखुट्टे नियन्त्रणमा जोड दिइएको छ । लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया