जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न सकेनौँ : प्रदेश प्रमुख गुरुङ

 असोज ३, २०७९ सोमबार १७:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान निर्माणपछिका दिनमा नेपाली जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न नसकेको बताउनुभएको छ । 

संविधान दिवस २०७९ का अवसरमा साेमवार गण्डकी प्रदेश सरकार मूल समारोह समितिद्वारा पोखरामा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख गुरुङले यस्तो बताउनुभएको हो । उहाँले तीन वटै तहको सरकारले जनताको समृद्धिका लागि काम गर्नुपर्ने बताउनुभयो । बलिदानीपूर्ण सङ्घर्षबाट राजनीतिक परिवर्तन भएको बताउँदै सर्वसाधारणको दैनिकीमा परिवर्तन आउने गरी अघि बढ्नु अहिलेको आवश्यकता भएको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘एक सरकारदेखि अर्को सरकारबीचको समन्वय नमिल्दा जनताले सोचेअनुसारको प्रगति हासिल गर्न सकेका छैनौँ । हामीले जनताको घरसम्म पुग्ने गरी काम गर्न आवश्यक छ । जनताका आधारभूत हक अधिकारको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा पुर्‍याउनेतर्फ लाग्नुपर्छ ।’

प्रदेश प्रमुख गुरुङले वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको उल्लेख गर्दै विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा जोडेको बताउनुभयो । आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्त्वपूर्ण रहेकाे उहाँकाे भनाइ छ । 

उहाँले संविधानले कल्पना गरेका विषय संविधान निर्माणपछिको समयमा कति कार्यान्वयन भए भन्ने कुराको समीक्षा गरेर अघि बढ्न जरुरी भएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया