विश्वकपमा सहभागी हुन रुस पुग्ने पहिलो टिम बन्यो इरान

 जेठ २३, २०७५ बुधबार १६:४६:४७ | एजेन्सी

फिफा विश्वकप फुटबलमा सहभागी हुन इरानी टिम रुस पुगेको छ । 

इरान  विश्वकपमा सहभागी टिममा सबैभन्दा पहिला रुस पुगेको हो । इरानी टिमलाई भुनुको एयरपोर्टमा भव्य स्वागत गरिएको छ ।  समूह ‘बी’ मा रहेको इरानले जुन १५ तारिखमा पहिलो खेल खेल्ने छ । इरानको समूहमा पूर्व विश्व विजेता स्पेन, युरोपियन च्याम्पियन पोर्चुगल र  मोरक्को रहेका छन् ।

रुस पुगेपछि इरानी फुटबल टिमका म्यानेजर कार्लोस कुइरोजले भने, ‘हामी लामो  प्रयास पछि विश्वकप खेल्दैछौँं । यहाँसम्म आइपुग्न धेरै महेनत गरेकाले विश्कपको हकदार हामी पनि छौँ ।’  म्यानेजर कार्लोसले भने ‘हामी विश्वका अरु  सर्वश्रेष्ठ टिमसँग काँधमा काँध जुधाएर विश्वकपको सदस्य हुन चाहन्छौँ । हामी धेरै समयसम्म विश्वकपमा प्रतिस्पर्धा गर्न सक्छौँ ।’ 

इरानले पहिलो खेलमा सेन्ट पिटर्सबर्गको मैदानमा जुन १५ तारिखका दिन मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।  

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया