नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गयो
मंसिर १०, २०८१ सोमबार
ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा सञ्चालित गौरवका आयोजनाका रूपमा रहेका मुख्य ठूला आयोजनाहरुलाई नेपाल सरकारले रातो किताबबाट हटाएपछि अहिले ती आयोजनाहरु नबन्ने हुन् कि भन्ने चिन्ता उब्जेको छ ।
चीन र भारतलाई जोड्ने नेपालकै छोटो मार्गका रुपमा रहेको तमोर करिडोर आयोजना समेत केन्द्रीय बजेटमा नपरी रातो किताबबाट हटेपछि ताप्लेजुङको विकास निर्माणमा धक्का पुगेको स्थानीयवासीको भनाई छ ।
भारतको सीमाना मोरङको रानी भन्सारबाट चीनको सीमाना ताप्लेजुङको तिप्ताला भञ्जाङ २ सय ८९ किलोमिटरमा जोडिन्छ तर यो आयोजना समेत रातो किताबबाट हटाइएको छ ।
उत्तर–दक्षिण ओलाङचुङगोला आयोजना कार्यालयका अनुसार करिडोर विराटनगर रानीभन्सारदेखि धरान ५० किलोमिटर, धरानदेखि धनकुटाको मुलघाट ३२ किलोमिटर, मुलघाटदेखि पाचँथरको माझिटार ७५ किलोमिटर, माझिटारदेखि ताप्लेजुङको दोभान ३५ किलोमिटर र दोभानदेखि चीनको सीमाना टिप्ताला भञ्जायाङ ९७ किलोमिटर रहेको छ ।
तर त्यो आयोजना नै रातो किताबाट हटेर बजेट नआएपछि अन्योलमा परेको छ । त्यो करिडोर ताप्लेजुङको आठराई त्रीबेणीको फूलबारी रमिते छेउसम्म पुगेको छ । तर, यसवर्ष रकम नआएपछि ठेक्केदार कम्पनीहरु फिर्ता गएका छन् । अब झण्डै १२ किलोमिटर मात्र ट्रयाक खोल्न गर्न बाँकी रहेको छ ।
उता, अर्को मेची र कोशी राजमार्ग जोड्ने मदन भण्डारी राजमार्ग ट्रयाकले जोडिए पनि नियमित यातायात सञ्चालनका लागि कठिन छ । सडक राम्रो भए अब दोभानको तमोर नदीमाथिको पुल निर्माणसँगै यी सडक चल्ने छन् ।
पुल सञ्चालनमा आइसकेको छ । तर सडक जोडिए पनि यसवर्ष बजेट नआउने भएपछि सवारी साधन चल्ने अवस्था नरहेको बताइन्छ । अर्को गौरबको आयोजना फुङलिङबाट ओलाङचुङगोला हुँदै तिब्बत जोड्ने उत्तरदक्षिण लोकमार्ग आयोजनामा पनि रातो किताबबाट हटाएपछि अन्योलता छाएको छ ।
ताप्लेजुङको सुकेटारदेखि चीनको सीमाना टिप्ताला भन्ञ्जायाङसम्मको योजना अहिले अलपत्र छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका लेलेप र तापेथोकको सीमाना रानी पुलसम्म पुगेको सडकको ट्रयाक ओपन कार्य अहिले बन्द भएको छ ।
स्थानीयवासीले ओलाङचुङगोला बजारदेखि चीनको सीमानासम्म २२ किलोमिटर सडक आफै निर्माण गरेका छन् । त्यो सडक गएको वर्ष बहुवर्षीय ठेक्कामा लगाइएको र विस्तारको काम फत्तालुङ गाउँपालिका ६ लेलेपको बस्तीमा पुगेको छ ।
झण्डै ३७ करोडको लागतमा भइरहेको विस्तार कार्य समेत लेलेप पुगेर ठप्प छ । यता, ओलाङचुङगोला जोड्न लेलेपदेखि ३५ किलोमिटर रहेको छ । केन्द्रबाट प्रदेश सरकार हुँदै आएको बजेटमा सबैभन्दा बढी रकम सुकेटारदेखि पाथीभरा जोड्ने सडकमा देखिएको छ ।
त्यो पनि २ करोड ५३ लाख । यति रकमले दुई किलोमिटर सडक पनि कालोपत्रे गर्न हम्मे पर्ने ठेक्कापट्टाको काम गरिरहेका ठेकेदारहरू बताउँछन् । चाँगे–ढुङगे साँघु हुँदै गुफा–वसन्तपुर मदनभण्डारी राजमार्गका लागि २ करोड छुट्याइएको छ ।
उत्तर दक्षिण लोकमार्ग, तमोर करिडोर, मदनभण्डारी राजमार्ग र पाथीभरा सडकको नारा दिएर राजनीतिक दलका उम्मेदवारले स्थानीयदेखि प्रदेश र प्रतिनिधिसभा चुनावमा भोट मागेका थिए । चुनावमा उम्मेदवारले यी सडक यसै आर्थिक वर्षदेखि कालोपत्रे गर्ने नारा लगाएका थिए ।
केन्द्रीय कार्यक्रमबाट योजना काटिएपछि सदरमुकाम फुङलिङमा रहेको उत्तर दक्षिण लोकमार्ग आयोजनाको कार्यालय नै उठ्ने वा बस्ने दोधार रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।