मौसम खुल्दै, दिउँसोपछि भने पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने

 चैत ८, २०७९ बुधबार ७:२२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौसहित धेरै ठाउँमा घाम लागेको छ । आज हिजो अस्तिको जस्तो मौसम धुम्म नहुने मौसमविद्ले बताएका छन् । हिजोअस्ति बिहानैदेखि मौसम धुम्म भएको थियो भने धेरैजसो ठाउँमा पानी परेको छ ।

हिजो अस्ति पश्चिमी वायूसँगै स्थानीय वायू र उत्तर प्रदेशमा बनेको न्यूनचापीय प्रणाली सक्रिय हुँदा देशभरकै मौसम धुम्म भइ मेघगर्जन र चट्याङसहित पानी परेको थियो ।

भारतको उत्तर प्रदेशमा बनेको न्यूनचापीय प्रणाली कमजोर भएकाले आज हिजो अस्तिको तुलनामा मौसम खुल्ने मौसमविद् गोविन्द झाले बताउनुभयो ।

उहाँका अनुसार प्रि मनसुनको समय भएकाले केही ठाउँमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित आज पनि हल्का वर्षाको सम्भावना भने छ । 

विशेषगरी दिउँसोपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ ।

उहाँका अनुसार सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुन्छ ।

तर, हिजो अस्तिको जस्तो मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना छैन । एक दुई ठाउँमा हल्का पानी भने पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया