बैशाख १ देखि सबै सेवा काठमाण्डौ प्लाजाबाट दिने काठमाण्डौ महानगरको तयारी

 चैत २१, २०७९ मंगलबार १०:४५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले आउँदो वैशाख १ गतेदेखि काठमाण्डौ प्लाजाबाट सेवा दिने तयारी गरेको छ ।  यही हप्ता प्रशासन विभाग सर्ने तयारी गरेको र अरु विभाग पनि स्थानान्तरण गरी एकै ठाउँबाट सेवा दिने तयारी गरेको काठमाण्डौ महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिनुभयो ।

अहिले काठमाण्डौ महानगरपालिकामा १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० ठाउँबाट सेवा दिइरहेका छन् ।  अहिले महानगरपालिकाले  काठमाण्डौ प्लाजामा सरसफाइ गर्ने काम इन्टरनेट राख्ने काम, कोठा विभाजनको काम भइरहेको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाण्डौ प्लाजामा सर्न लागेको हो ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाण्डौ प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच यही चैत ८ गते सम्झौता भएको थियो । प्रत्येक पाँच वर्षमा १० प्रतिशतले भाडा वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता भएको छ । पाँच रोपनी दुई पैसा क्षेत्रफलमा निर्माण भएको सात तले भवनको तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र दुई सय दुई पाङ्ग्रे गाडी पार्किङ गर्न सकिन्छ ।

वि.स २०७२ को भूकम्पअघि काठमाण्डौ महानगरका सबै सेवा बागदरबारबाट प्रवाह भइरहेको थियो । तर भूकम्पपछि महानगरका विभाग तथा शाखाहरु विभिन्न ठाउँबाट सञ्चालन भैरहेका छन् ।  
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया