काठमाण्डौसहित धेरै ठाउँमा तुवाँलो, तराईमा तीव्र गतिमा हुरी चल्ने सम्भावना

 चैत २९, २०७९ बुधबार ८:१६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौसहित धेरै ठाउँमा तुवाँलो लागेको छ । प्रदूषण बढेकाले तुवाँलो लागेको हो ।

देशका धेरै ठाउँमा आगलागी र डढेलोका घटना बढेकाले प्रदूषण बढेको छ । यस्तै, गाडीबाट निस्कएको धुवाँका कारण वातावरण प्रदूषित भएको छ । केही दिनदेखि पानी नपरेकाले प्रदूषण वाुमण्डलमा थुप्रिएर बस्दा तुवाँलो लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार एक दुई दिन अझै पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ ।

प्रदूषण मापन सूचक एक्यूआईको मात्रा अहिले काठमाण्डौमा उच्चतम २ सय ४४ पुगेको छ । भक्तपुरमा २ सय २७  छ । त्यस्तै हेटौडामा पनि १ सय ७२ छ । तुलसीपुरमा १ सय ७० रहेको छ । अन्य शहरमा पनि प्रदुषण बढेको छ । यसैबीच, आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तीब्र गतिमा हावाहुरी चल्ने अनुमान गरिएको छ ।

दिउँसो र बेलुकीपख तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना छ । केही दिनदेखि पानी नपरे पनि प्रि मनसुनको समय भएकाले दिउँसोपछि मेघगर्जन र चट्याङ भने पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

अहिले खेतबारीमा पाकेको बाली भित्र्याउने र नयाँ बाली लगाउने बेला हो । यतिबेला बिहानदेखि बेलुकासम्म नै किसान खेतबारीमा व्यस्त हुने गरेका छन् । मौसमविद्ले मेघगर्जन र चट्याङ परेका बेला खेतबारीमा काम नगर्न र नजान सुझाव दिएका छन् । 


 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया