कतार प्रहरीमा जागिरको प्रलोभन देखाएर ६३ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

 वैशाख ८, २०८० शुक्रबार १६:५१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतार प्रहरीमा जागिरको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि कतारमा पठाई कतार प्रहरीमा भर्ना गराइदिन्छु भनी १८ जना व्यक्तिहरू मार्फत् ६३ लाख रुपैयाँ ठगी गर्ने सप्तरीकाे कञ्चनपुर गा.पा. –४ घर भई हाल काठमाण्डौको टोखा बस्ने ४१ वर्षीय पूर्णकुमार दाहाल पक्राउ परेका हुन् । 

उनले प्रत्येक व्यक्तिबाट सात लाख रुपैयाँ लिएर फरार भएको भन्दै वैदेशिक रोजगार विभागले पक्राउ गर्न काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखालाई पत्राचार गरेको थियो । शाखाबाट खटिएको प्रहरी टोलीले हिजो झापाकाे भद्रपुरबाट पक्राउ गरेको हो । उनलाई अहिले थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग पठाइएको अपराध अनुसन्धान शाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया