अर्थतन्त्रमा समस्या आएपछि अमेरिकी राष्ट्रपति बाइडेन पपुवा न्युगिनीको भ्रमण रद्द गरेर स्वदेश फिर्ता

 जेठ ८, २०८० सोमबार २०:१४:५९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

देशभित्रको आर्थिक समस्या चर्किएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन पपुवा न्युगिनीको भ्रमण रद्द गरेर स्वदेश फर्कनुभएको छ ।

जी–सेभेनको बैठकमा सहभागी हुन जापान पुग्नुभएका राष्ट्रपति बाइडेन पपुवा न्युगिनी पुगेर केही सम्झौता गर्ने कार्यक्रम थियो । पपुवा न्युगिनीले अमेरिकी राष्ट्रपति बाइडेनको सम्मानमा विशेष तयारी समेत गरेको थियो । तर यहीबेला देशको अर्थतन्त्रमा समस्या देखिएपछि बाइडेन स्वदेश फर्कनुभएको बीबीसीले जनाएको छ ।

रिपब्लिकन नेतृत्वको सदनले राष्ट्रपति जो बाइडेनले वर्तमान र भविष्यको सामाजिक सुरक्षा योजनामा कटौती नगरे राष्ट्रिय ऋण तिर्न नदिने बताएका छन् । संसदले सरकारी ऋण तिर्ने स्वीकृति केही दिनभित्रै नदिएमा अमेरिकाले विश्व अर्थतन्त्रमा आफ्नो प्रतिष्ठा गुमाउनेछ ।

सरकार ऋण तिर्नका लागि असमर्थ भएमा लाखौँ मानिस सामाजिक सुरक्षा सेवा प्राप्तिबाट वञ्चित हुने बीबीसीले जनाएको छ । ऋण भुक्तानी स्वीकृतिका लागि ह्वाइटहाउस र रिपब्लिकन नेतृत्वको संसदबीच पछिल्लाे एक हप्तासम्म पहल भए पनि सहमति हुन भने सकेको छैन ।

यही समस्या समाधानको लागि बाइडेन सभामुख केभिन क्यार्थीसँग छलफलका लागि भ्रमण छोट्याएर स्वदेश फर्कनुभएको हो । यस अघि जापानको हिरोसिमामा बाइडेनले विश्व अर्थतन्त्रबारे प्रतिबद्धता नजनाएकामा विश्वका नेताहरूले आश्चर्य व्यक्त गरेका थिए ।

बाइडेनको प्रतिबद्धता नआउनुमा अमेरिकी अर्थतन्त्रको समस्या नै रहेको बीबीसीले जनाएको छ । बाइडेनले आउँदो चुनावमा आफूलाई अप्ठ्यारोमा पार्न विपक्षीहरुले समस्या सिर्जना गरेको भन्दै यसो गरिएमा अमेरिकी अर्थतन्त्रमा मन्दी आउन सक्ने चेतावनी दिनुभएको छ ।  

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया