अबका केही दिन ठूलो र निरन्तर पानी पर्ने सम्भावना कम

 साउन ३०, २०८० मंगलबार १४:१५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अबका केही दिन पानी कम पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएको शुक्रवारदेखि परेको अविरल वर्षा हिजो साेमवारदेखि केही कम भएको हो ।

आज मङ्गलवार देशका धेरै ठाउँमा घाम लागेको छ । आज बेलुकीपख धेरै ठाउँमा बदली भएर केही ठाउँमा पानी पर्ने भएपछि ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । अब आउँदो तीन दिनसम्म नै निरन्तर वर्षा तथा मुसल्धारे वर्षाको सम्भावना नरहेको उहाँले बताउनुभयो । ठूलो पानी पर्ने सम्भावना कम भए पनि नदी तटीय क्षेत्रमा भने सावधानी अपनाउनुपर्ने मौसमविद् लामिछानेले बताउनुभयो ।

झन्डै चार दिनसम्म निरन्तर परेको वर्षाले नदीहरूमा बहाव बढेको र सामान्य वर्षाले पनि क्षति हुने गरी बहाव बढ्ने सम्भावना रहेकोले तटीय क्षेत्रमा सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ ।

आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह घट्दो र सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सङ्खुवासभा, कास्की, लमजुङ, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा, कञ्चनपुर र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया