सूर्यविनायक–रत्नपार्क द्रुत बस चलाउन ‘डेडिकेटेड लेन’ निर्माण शुरु

 भदौ २९, २०८० शुक्रबार १३:३४:३९ | रासस
unn.prixa.net

काठमाण्डाै - सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा ‘डेडिकेटेड लेन’ बनाउन शुरु गरिएको छ । सडक डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि ‘रेडमार्क’ गर्न थालिएको सडक डिभिजनका कार्यालय प्रमुख नारायण निहुरेले बताउनुभयो । उहाँले यसअघि वर्षा कारण सडकको डेडिकेटेड लेनमा रेडमार्क गर्न नसकिएकाे बताउनु भयाे। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवस असोज ३ गतेदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । मन्त्री ज्वालाको निर्देशनपछि सडक विभाग र यातायात व्यवस्था विभागले काम शुरु गरेका छन् । 

यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ ठूला बसहरु तयारी अवस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको छ । तीन दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालिएको छ ।

विभागले दुई खण्ड बनाएर सडकको रेडमार्क गर्न थालेको छ । रत्नपार्कदेखि जडीबुटी र जडीबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाउन थालिएको छ । बिहान र बेलुकाको कार्यालय समयमा काठमाण्डाै उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न याे सेवाको अवधारणा ल्याइएको हो ।

बिहान र बेलुका कार्यालय समयमा ‘द्रुत बस सेवा’ सञ्चालन गरिने छ । बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म याे सेवा सञ्चालन हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया