उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – वामपन्थी नेता पद्मरत्न तुलाधरको राजकीय सम्मानका साथ सोमबार कर्णदीपमा अन्त्येष्टि गरिएको छ ।
स्वर्गीय तुलाधरको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर पुष्पगुच्छा चढाई सम्मान गर्नुभएको थियो । यसअघि तुलाधर निवास लाजिम्पाटबाट नेवारी परम्पराअनुसार तुलाधरको शवयात्रा गरिएको थियो ।
विक्रम सम्वत १९९७ मा काठमाडौंमा जन्मनुभएका तुलाधरको गएको कात्तिक ९ गते मस्तिष्कघात भएपछि माइतीघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
थप उपचारका लागि कात्तिक १३ गते उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार दिउँसो १२ः४५ बजे उहाँको निधन भएको थियो ।
तुलाधरको पार्थिव शरीरमा जेठा छोरा सुजन तुलाधरले दागबत्ती दिनुभएको छ ।
उपप्रधान एवव रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारी, नेकपाका नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायत शोभाभगवतीस्थित कर्णदीपमा तुलाधरप्रति श्रद्धासुमन अर्पण गर्नुभएको थियो ।
त्यस्तै नेपाली कांग्रेसका नेता तीर्थराम डङ्गोल, सङ्घीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेता लीलामणि पोखरेल, नेतृ हिसिला यमी, पूर्वसभामुख दमननाथ ढुङ्गानाले पनि कर्णदीपमा स्वर्गीय तुलाधरप्रति अन्तिम श्रद्धाञ्जलि अपर्ण गर्नुभएको थियो ।
त्यस्तै संस्कृतिविद् डाक्टर चुन्दा बज्राचार्य, नेपाल भाषाका चर्चित कवि दुर्गालाल श्रेष्ठ, नेपाल भाषाका साहित्यकार भूषणप्रसाद श्रेष्ठलगायत ठूलो सङ्ख्यामा शुभेच्छुक तथा जनसमुदायको कर्णदीपमा उपस्थिति थियो ।
त्यस अवसरमा नेपाल भाषाका अगुवा पद्मरत्न तुलाधर अमर रहून् भनी नारा लगाइएको थियो ।
नेपाल भाषा मंका खलःका महासचिव नरेशवीर शाक्यले तुलाधरप्रति राष्ट्रिय सम्मान प्रकट गर्न नेपाल प्रहरीको एक टुकडीले सम्मान अर्पण गरिएको बताउनुभयो ।
हास्यव्यङ्ग्य साहित्यमा पद्मरत्न
नेपाल संवत् १०९७ मा नाटककार पद्मरत्न तुलाधरको ‘आः जितः नं तनतन दयावल’(अब मलाई पनि अलिअलि दया आयो) नामक ख्यालः जनसमक्ष आएको थियो ।
नेपाल संवत् १०८० मा ‘न्हुम्ह जिचा भाजु ससलय्’ (नयाँ ज्वाइँ ससुरालीमा), नेपाल संवत् ११०४ मा ‘ख्याः बछि नी बछि’ (आधी ठट्टा, आधी साँचो) तथा नेपाल संवत् ११३५ मा ‘जिँ लातकि’ (मैले भेट्टाएँ कि)नामक तुलाधरको ख्यालः प्रकाशनमा आयो । नाटककार तुलाधरको ‘आः जितः नं तनतन दयावल’ नामक नाटकमा आठ ख्याल छन् भने ‘ख्याः बछि नी बछि’ मा पाँच ख्याल तथा ‘जिँ लातकि’ मा १७ ख्याल छन् ।
नेपाल सम्वत १०९५ मा पहिलो पटक सङ्कलित ख्यालः मुना ‘आः जित नं तनतन दयावल’ मा ‘ह्वाइट मार्केट‘ नेपाल भाषा ख्यालः धेँधेँ बल्ला कासा (नाटक प्रतिस्पर्धा
) मा प्रथम भएको हो । त्यस्तै तुलाधरको ‘खरदारया छेँ बजेट भाषण’ (खरिदारको घरमा बजेट भाषण), ‘वा वल फय् बल’ (पानी प¥यो हुरी चल्यो), ‘ह्येँ थकाली कि खेँ थकाली’ (हाँस जेठो कि अण्डा जेठो) चर्चित ख्यालः हुन् ।
ख्याः बच्छी निःबच्छि नामक दोस्रो पुस्तकमा ‘किसिया व्यापार’(हात्तीको व्यापार), जागिर चबुम्ह मनू (जागिरबाट खोसिएको मानिस) आदि गरी पाँच ख्यालः छन् ।
नेपाल संवत् ११०६ मा प्रकाशित ‘राशिफल’ तथा नेपाल संवत् ११०७ मा प्रकाशित ‘डा नवरसानन्द ख्यालः’मा भ्रष्ट नेतालाई व्यङ्ग्य गरिएको छ । त्यस्तै नेपाल संवत् ११०७ मा प्रकाशित ‘घुस नय्य हे मखु’ (घुस खाँदै खाँदैनौँ) ख्यालःमा घुसखोरीका बीचमा इमान्दार मानिस ‘जोकर’ भएर बाँच्नुपर्ने अवस्थाको वर्णन गरिएको छ ।
दुई छोरा र दुई छोरीका पिता तुलाधर २०३६ सालमा मंकाः खलको अध्यक्ष भई नेपाल भाषा आन्दोलनको नेतृत्व गर्नुभएको थियो । बहुदलीय व्यवस्थाको माग गर्दै निर्वाचनमा होमिएका तुलाधर २०४३ सालमा जनपक्षीय रापस, २०४८ मा प्रतिनिधिसभा सदस्य तथा २०५१ सालमा सांसदमा निर्वाचित भई स्वास्थ्यमन्त्री बन्नुभएको थियो ।
२०५८ सालमा सरकार माओवादी शान्तिवार्ताका सहजकर्ता तथा विसं २०७२ मा आदिवासी जनजाति आन्दोलनको अध्यक्ष भई नेतृत्व प्रदान गर्नाका साथै लामो समय मानवअधिकार आन्दोलनको पनि नेतृत्व गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।