झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न एमालेको आग्रह

 मंसिर २६, २०८० मंगलबार ९:५२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ ।

आज मङ्गलवारदेखि कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरुद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेको भन्दै त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनु भएकाे हाे। 

उहाँले प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गर्ने जानकारी आएकाे भन्दै पार्टीका तर्फबाट सबै समूहहरुलाई अवरोध सिर्जना नगर्न आग्रह गर्नुभयो ।

नागरिकको मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने अहिलेको अवस्था रहेको भन्दै राजनीतिक दलको अभियानमा अवरोध सिर्जना नगर्न र असहमति भए औपचारिक रुपमा शान्तिपूर्ण रुपमा गुनासा राख्न उहाँले आग्रह गर्नुभयो।

नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजदेखि उदयपुरको घुर्मी हुँदै खोटाङ प्रवेश गर्दैछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया