एमालेको ‘सङ्कल्प यात्रा’ कोशी प्रदेश प्रवेश

 मंसिर २६, २०८० मंगलबार १५:२५:१२ | रासस
unn.prixa.net

उदयपुर – नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज मङ्गलवार कोशी प्रदेश प्रवेश गरेको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएकाे १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आज कोशी प्रदेश प्रवेश गरेको हो । 

कोशी प्रदेशको पश्चिमी सीमा उदयपुरको कटारी नगरपालिका–१४ को घुर्मी बजारमा बाग्मती प्रदेश एमालेले यात्राको जिम्मा कोशी प्रदेश एमालेलाई लगाएको एमाले कोशी प्रदेशका सचिवालय सदस्य ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । त्यस अवसरमा टोलीलाई एमालेको प्रदेश कमिटी, उदयपुर जिल्ला कमिटी, कटारी नगर कमिटीले घुर्मीमा स्वागत गरेको एमाले नगर कमिटी अध्यक्ष सञ्जीव कार्कीले बताउनुभयो । 

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका अतिथिलाई ३ किलोमिटर पैदलयात्रापछि घुर्मीमा खाना खुवाइएको छ’, कार्कीले भन्नुभयो, ‘आजै ओखलढुङ्गा मानेभञ्ज्याङ्ग गाउँपालिकाको हर्कपुरमा आयोजना हुने सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।’

याे यात्रा हर्कपुरपछि भोजपुर, वसन्तपुर हुँदै पूर्वी जिल्लामा केन्द्रित हुने एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिनुभयो । यात्रामा अध्यक्ष ओलीलगायत केन्द्रीय उपाध्यक्ष, केन्द्रीय कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी सहभागी छन् ।

तस्बिर : एमालेका महासचिव शंकर पाेखरेलकाे फेसबुकबाट

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया