गणतन्त्रमा कानुनभन्दा माथि काेही पनि हुन सक्दैन : सञ्चारमन्त्री

 मंसिर २६, २०८० मंगलबार १६:४९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो चाँडो कानुनी दायरामा आउने बताउनुभएको छ ।

आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती–कमजोरी ढिलो चाँडो कानुनी दायरामा आउने बताउनुभएको हो । उहाँले गणतन्त्रमा कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो निरङ्कुश राजतन्त्र थियो । तर हिजो कसैले गल्ती–कमजोरी गर्दा त्यो गल्ती–कमजोरी कुनै कानुनको आकर्षण बन्न सक्दैन थियो । उनीहरूमाथि कुनै पनि कारबाहीको कुरा हुन सक्दैन थियो । तर आज हामी यो परिवर्तित व्यवस्थामा छौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमामा छौँ । त्यस कारणले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती–कमजोरी ढिलो चाँडो कानुनी दायरामा आउँछ । यो व्यवस्थामा, यो गणतन्त्रमा संविधान भन्दामाथि, कानुन भन्दामाथि, निगरानी भन्दामाथि कोही पनि हुन सक्दैन । गल्ती गर्ने छुट गणतन्त्रमा छैन । यसलाई स्थापित गर्न आवश्यक छ ।’

सञ्चारमन्त्रीले सुदृढीकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउन नहुने बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया