एमालेले देश र नागरिककाे हितकाे पक्षमा सङ्कल्प यात्रा शुरु गरेकाे हाे : ओली

 मंसिर २६, २०८० मंगलबार १८:१६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र नागरिककाे हितको पक्षमा समृद्धिका लागि सङ्कल्प यात्रा अघि बढाएको बताउनुभएको छ । देश र नागरिककाे हितका लागि विकासको अभियानलाई तीव्रता दिन एमालेले सङ्कल्प यात्रा शुरु गरेकाले त्यसमा सबैले साथ दिनुपर्ने उहाँकाे भनाइ थियाे ।

आज मङ्गलवार ओलखढुङ्गाको हर्कपुरमा आयोजित सभामा अध्यक्ष ओलीले देश र नागरिककाे हितमा एमालेले राष्ट्रव्यापी अभियान सञ्चालन गरेकाले त्यसबाट कसैले पनि चित्त दुखाउनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयाे । देशलाई समृद्ध बनाउन एमालेले मिसन–२०८४ पूरा गर्ने अठोट लिएको पनि उहाँले बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘वास्तवमा देश जाग्न पर्‍याे । तपाईँ हामी जाग्न पर्‍याे । हामी सबै देश बनाउने अभियानमा सरिक हुनुपर्छ । यो सङ्कल्प यात्रा कसैको विरुद्ध होइन । देशको पक्षमा, नागरिककाे पक्षमा, विकासको पक्षमा यो अभियान हो । त्यस कारण यसमा कसैले चित्त दुखाउनुपर्ने आवश्यकता छैन ।’

ओलीले राष्ट्र निर्माणको अभियानको नेतृत्व एमालेले लिने दाबी गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गर्नुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया