शान्ति प्रक्रियाका बाँकी काम तत्काल टुङ्ग्याउन सांसदहरूको जोड

द्वन्द्वकालमा बिछ्याएका बारुदी सुरुङ र विस्फोटक पदार्थको व्यवस्थापनमा ध्यान दिन ध्यानाकर्षण

 मंसिर २६, २०८० मंगलबार १९:२३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सांसदहरूले शान्ति प्रक्रियाका बाँकी काम तत्काल टुङ्ग्याउन जोड दिएका छन् । आज मङ्गलवार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा उनीहरूले द्वन्द्वका बेला बिछ्याएका बारुदी सुरुङ र विस्फोटक पदार्थको व्यवस्थापनमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरूले बारुदी सुरुङ र विस्फोटक पदार्थ निर्मूल गरी द्वन्द्वका बाँकी काम राष्ट्रिय सहमतिमा तत्काल टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले अहिले द्वन्द्वरत पक्ष र राज्य पक्ष दुवै मिलेर सरकार सञ्चालन गरिरहेकाले शान्ति प्रक्रियाको बाँकी काम तत्काल समाधान गर्न आवश्यक रहेको बताएका छन् । शान्ति प्रक्रियाका बाँकी काम तत्काल नटुङ्ग्याए समाजमा फेरि द्वन्द्व निम्तने खतरा बढेको पनि उनीहरूको भनाइ छ ।

राष्ट्रियसभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले सरकारले शान्ति सम्झौता गरे पनि समाजमा विभिन्न खालका द्वन्द्व अहिले पनि रहेको बताउनुभयो । बैठकमा राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले साझा सवाल बनाएर द्वन्द्वका घाउ कोट्याउनेभन्दा पनि अब घाउ बढ्न नदिने कुरामा सरकार सचेत हुन आवश्यक रहेको बताउनुभयो ।

यस्तै राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले पनि बारुदी सुरुङ र विस्फोटक पदार्थबाट घाइते भएकाको जीविकोपार्जनका लागि राज्यले गर्नुपर्ने कामका लागि टीआरसी विधेयक आवश्यक नभएको बताउनुभयो । बैठकमा बारुदी सुरुङ प्रतिबन्ध अभियन्ता पूर्णशोभा चित्रकारले सर्वसाधरणका लागि ऐन लागू भए पनि राज्यले पालना नगरेको टिप्पणी गर्नुभयो । उहाँले संसदबाट टीआरसी विधेयक तत्काल पास हुन आवश्यक रहेको भन्दै विधेयकमा पीडितले न्याय पाउने सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया