रामजानकी विवाहका लागि जनकपुरधाममा दर्शनार्थीहरुको घुइँचो (तस्बिरहरु)

 पुष १, २०८० आइतबार १३:५१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज रामजानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिँदैछ ।

यसका लागि जानकी मन्दिरको प्राङ्गण सजाइएको छ । विवाहपूर्व आज जानकी मन्दिरबाट निस्कने माता सीताको डोला अर्थात बेहुली पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान रामको डोला अर्थात बेहुला पक्षको टोली जनकपुरधामको ऐतिहासिक रङ्गभूमि मैदान १२ बिघामा पुगेर मिलन हुने गर्दछ । 

रङ्गभूमि मैदानमा दुवै पक्षको डोला पुगेपछि लाखौँको सङ्ख्यामा उपस्थित तीर्थालुहरुबीच मिथिला परम्पराअनुसार स्वयम्वर कार्यक्रमको आयोजना हुने गर्दछ । त्यस स्वयम्वर कार्यक्रमको अवलोकन गर्न नेपाल तथा भारतबाट आएको तीर्थालुहरुको उल्लेख्य सङ्ख्यामा उपस्थिति हुने गर्दछ ।

स्वयम्वर कार्यक्रमको समापन पश्चात रङ्गभूमि मैदानबाट दुवै मन्दिरको डोलासहित संयुक्त रुपमा निस्कने शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरी जानकी मन्दिरको प्राङ्गण पुग्ने गर्दछ । जानकी मन्दिरकै  प्राङ्गणमा भारतको अयोध्याबाट जन्तीका रुपमा आएका साधु सन्तको उपस्थितिमा भगवान राम र माता सीताको विवाह सम्पन्न हुने गर्दछ ।

मिथिलाको विधि विधानअनुसार अबेर रातिसम्म चल्ने यस वैवाहिक कार्यक्रमको अवलोकन गर्न मन्दिरको प्राङ्गणमा हजारौँको सङ्ख्यामा तीर्थालुहरुको उपस्थिति रहने गर्दछ । पछिल्लो वर्षको तुलनामा यस वर्ष दर्शनार्थीहरुको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि हुने विश्वास गरिएको छ । रामजानकी विवाहका लागि जनकपुरधाममा लाखौँ दर्शनार्थीहरुको घुइँचो लागेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया