नेकपा एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा पाँचथरको चिवाभन्ज्याङमा पुगेर समापन

 पुस १, २०८० आइतबार १४:१४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा समापन भएको छ । १८ दिनअघि बैतडीको झुलाघाटबाट शुरू भएको समृद्धिका लागि सङ्कल्प यात्रा आज पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन भएको हो ।

चिवाभन्ज्याङमा रहेको नेपाल–भारत सीमा स्तम्भ नजिकै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर यात्राको समापन गर्नुभयो । कार्यक्रममा अध्यक्ष ओलीले १८ दिनको मध्यपहाडी लोकमार्गको यो यात्राले देशमा रहेका विभिन्न समस्या समाधान गर्न एमाले सक्षम छ भन्ने सन्देश प्रवाह गरेको दाबी गर्नुभयो ।

आफूहरुको अभियानका क्रममा नागरिकले दिएका सल्लाह सुझावलाई मनन गर्ने र समस्यालाई समाधान गर्न पहल गर्ने ओलीले बताउनुभयो । यात्राका क्रममा नेता कार्यकर्ता र स्थानीयको कुरा सुन्दा वर्तमान सरकार असफल भएको पाइएको ओलीको दाबी छ ।

उहाँले प्रचण्ड नेतृत्वको यो सरकार शान्ति सुरक्षा र विकासका लागि असफल भइसकेको दाबी गर्दै अब एमाले नै देशको दरिलो शक्तिका रुपमा स्थापित हुने जिकिर गर्नुभयो ।

झुलाघाटबाट यात्राको सुरु गरेदेखि १७ दिनसम्म गाडी यात्रा गर्नुभएका ओली आज भने फिदिमबाट चिवाभञ्ज्याङसम्म हेलिकप्टरमा जानुभएको थियो । मध्यपहाडी लोकमार्गले छुने २६ वटा जिल्लाहरुमा एमालेले गएको मङ्सिर १४ गते आजसम्म विभिन्न र्‍याली, सभा र भेटघाट गरेको हो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया