हात्तीको आक्रमणबाट झापामा १ जनाकाे ज्यान गयाे

 पुष १३, २०८० शुक्रबार ९:४५:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिका–११ दुधेका ४५ वर्षका मेघराज राईको ज्यान गएको छ ।

गए राति हात्तीले घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार झापामा डेढ महिनामा हात्तीको आक्रमणबाट राईसहित चार जनाको ज्यान गएको छ ।

पुसको ४ गते हल्दीबारी गाउँपालिका–२ का कार्यालय सहयोगी स्थानीय ५८ वर्षीय पाताल राजवंशीको ज्यान गएको थियो । यस्तै मङ्सिर १५ गते हल्दीबारी–३ रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वन र त्यसअघि मङ्सिर ६ गते दमक नगरपालिका–२ को बेलडाँगी शिविरका पदमलाल तामाङको हात्तीको आक्रमणमा परेर ज्यान गएको थियो ।

झापासहित मोरङ, सुनसरीमा हात्तीको आतङ्क बढेको छ । यी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको हो । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका जङ्गली हात्ती नफर्किएका कारण मुख्य गरी तीन जिल्लामा त्रास बढेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया