बसकाे ठक्करबाट दाङमा बालककाे ज्यान गयाे

 पुस १६, २०८० सोमबार २०:२८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – बसकाे ठक्करबाट दाङमा एक बालककाे ज्यान गएकाे छ । बसले ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का आठ वर्षीय उत्तम चाैधरीकाे ज्यान गएकाे हाे ।

आज साेमवार दिउँसाे तुलसीपुरबाट घोराही जाँदै गरेकाे भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिँदा विद्यालयबाट घर फर्किरहेका चौधरीलाई ठक्कर दिएकाे थियाे । चाैधरी जनकल्याण माविका कक्षा तीनमा अध्ययनरत थिए ।

बसकाे ठक्करबाट विद्यार्थीकाे ज्यान गएपछि मृतकका आफन्त र विद्यार्थीहरूले गाडी ताेडफाेड गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया