मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत मजदुरकाे नदीमा खसेर ज्यान गयाे

 पुष १७, २०८० मंगलबार ८:३५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको ज्यान गएकाे छ ।

विद्युतीय तार मिलाउने क्रममा हिजाे तमोर नदीमा खस्दा भारत पश्चिम बङ्गालको माल्टाटाउनका २२ वर्षीय मुकेश शाहीकाे ज्यान गएकाे हाे । 

मध्यतमोर जलविद्युत् आयोजनाको हान्द्रुङमा रहेकाे विद्युत् पावर हाउस नजिक तमोर नदी वारपार तारबार व्यवस्थापन गर्ने क्रममा पारि रहेका साथीलाई डोरी फाल्दा चिप्लिएर नदीमा खसेका उहाँकाे ज्यान गएकाे हाे । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया