काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा गाउँको जनसङ्ख्या तीव्र रूपमा घटेको र सहराेन्मुख तथा सहरी जनसङ्ख्या तीव्र रूपमा बढेको पाइएको छ ।
जनगणना २०७८ अन्तर्गत ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनले गाउँ रित्तिँदै गएको र सहर भरिँदै गएको देखाएको हो । नतिजाअनुसार जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव शून्य सात प्रतिशत पुगेको देखिन्छ । त्यसैगरी सहराेन्मुख जनसङ्ख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको देखिन्छ ।
पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्रमा बस्नेहरूको जनसङ्ख्या पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । १० वर्ष पहिले ग्रामीण क्षेत्रमा ३८ दशमलव पाँच प्रतिशत जनसङ्ख्या रहेकोमा २०७८ सालमा ३३ दशमलव १९ प्रतिशतमा झरेको देखिन्छ । विशेषताका आधारमा सहरोन्मुख क्षेत्र भए पनि सहरी क्षेत्र मानिएको ठाउँमा अझै पनि जनसङ्ख्याको ठूलो हिस्सा रहेको देखिन्छ ।
ग्रामीण जनसङ्ख्या अझै पनि एक तिहाइ छ, जबकि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले जनसङ्ख्यालाई सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।