बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखका सुजनको अन्त्येष्टि

 पुष १७, २०८० मंगलबार १९:५७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखकाे महाबु गाउँपालिका–६ रानीवनका सुजन रावतको अन्त्येष्टि गरिएकाे छ । आज मङ्गलवार श्रीस्थानकाे आर्यघाटमा सुजनकाे हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएकाे हाे ।

यसअघि आजै दिउँसाे सुजनकाे शवयात्रा गरिएकाे थियाे । सुजनकाे शव काठमाण्डाैबाट सुर्खेतसम्म हवाईजहाज र सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दैलेखकाे कालीदत्त गुल्म पुर्‍याइएकाे थियाे । गुल्मको गेटदेखि तीन सय मिटर दूरीमा रहेको घरमा पुर्‍याई सुजनकाे शवयात्रा शुरु भएकाे हाे । शवयात्रामा आफन्तसहित स्थानीयवासीकाे सहभागिता थियाे ।

गएको शुक्रवार ललितपुरको बालकुमारीमा रहेकाे ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुजनसहित अछामका वीरेन्द्र शाहको ज्यान गएको थियाे । हिजाे साेमवार गृह मन्त्रालयमा चार बुँदे सहमतिपछि परिवारजनले शव बुझेका थिए ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया