सूर्यदर्शन सहकारी ठगी प्रकरण : थप २ जना कारागार चलान

 पुष १८, २०८० बुधबार १८:५६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कास्की – सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारीका पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल कारागार चलान भएका छन् ।

आज बुधवार कास्की जिल्ला अदालतका न्यायाधीश वसन्तजंग थापाकाे इजलासले गुरुङ र अर्याललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हाे । गएकाे भदाै २४ गते पक्राउ पुर्जा जारी भएपछि फरार रहेका गुरुङ र अर्याल हिजाे मङ्गलवार अदालतमा उपस्थित भएका थिए ।

यसअघि सूर्यदर्शन सहकारीका काेषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाशकुमार दर्लामी पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

पोखरामा गितेन्द्र (जीबी) राईको समूहले सञ्चालन गरेको सूर्यदर्शन सहकारीले बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीबी, महेन्द्र भोटेसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

सहकारीले झन्डै १९ हजार जना बचतकर्ताको एक अर्ब ३५ करोड ५३ लाख रुपैयाँ अपचलन गरेको भन्दै मुद्दा दायर भएको छ । एक हजार ३५ जनाले एक अर्ब ११ करोड ३४ लाख ठगी भएको आरोपसहित सहकारीविरुद्ध जाहेरी दिएका छन् ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया