काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् । जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानबापतको रकम प्राप्त भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो ।
सर्लाहीका उखु उत्पादक किसानले पटक–पटक आन्दोलन गरेपछि सरकारले अनुदानबापतको २९ करोड २५ लाख ५२ हजार सात सय ४९ रुपैयाँ खातामा पठाएको मिलगेट उखु उत्पादक किसान समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीको भनाइ छ । उहाँका अनुसार गएकाे वर्ष उखुको मूल्य प्रतिक्विन्टल अनुदानसहित छ सय १० रुपैयाँ निर्धारण गरिएको थियो । जसमा पाँच सय ४० रुपैयाँ चिनी मिल र ७० रुपैयाँ सरकार उपलब्ध गराउने निर्णय भएको थियो ।
उखु किसानको खातामा रकम पठाइएकोले आफ्नो खातामा रकम आए/नआएको पक्का गर्न कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख एवम् कोष नियन्त्रक निर्मल न्यौपानेले आग्रह गर्नुभएकाे छ ।
सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल छ सय ३५ रुपैयाँ तोकेकोमा उद्योगीले प्रतिक्विन्टल पाँच सय ६५ र सरकारले ७० रुपैयाँ अनुदान दिनेछ । यस्तै मधेस प्रदेश सरकारले प्रतिक्विन्टल १० रुपैयाँ अनुदान दिने घोषणा गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।