काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
गुल्मी – गुल्मीमा नसर्ने रोगका लागि पेनप्लस क्लिनिक सेवा सञ्चालन हुने भएको छ । युनिसेफको साझेदारीमा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्वारा गुल्मी अस्पतालमा पेनप्लस क्लिनिक सेवा सञ्चालनमा आउन लागेको हो ।
नेपाल सरकारसँगको समन्वयमा सञ्चालित पाइलेटिङ प्रोजेक्ट अन्तर्गत नेपालको चार वटा प्रदेशकाे चार वटा जिल्लामा नसर्ने रोगको पेनप्लस क्लिनिक सञ्चालन हुने भएको हो । यो सेवा शुरु भएपछि अस्पतालमा आउने गम्भीर तथा नसर्ने कडा रोगका बिरामी लाभान्वित हुनेछन् ।
क्लिनिकबाट अति गरिब र विपन्न नागरिकका लागि निःशुल्क रूपमा स्वास्थ्य बीमा गरिदिनुका साथै अन्य ठूला रोगका बिरामीको शल्यक्रिया गर्नुपरेमा उनीहरूकाे सबै खर्च बेहाेरेर उपचार गर्ने व्यवस्था रहेकाे क्लिनिककी मेडिकल अधिकृत रेनुका थामीले बताउनुभयो ।
यस्तै गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिका नसर्ने रोगसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।